स्वास्थ्य तथा वातावरण विकास समाज, नेपालको विधान २०६३
Constitution of Society for Health and Environment development, Nepal -2063
प्रस्तावनाः नेपाल का विभिन्न जिल्ला भित्रका समुदायलाई संगठित गरी तिनीहरुलाई वातावरण र जनस्वास्थ्य प्रति चेतनशिल गराई आर्थिक रुपले विपन्न परिवारको लागि रोजगारमूलक कार्यक्रम संचालन गर्न उत्प्रेरणा जगाउने र ग्रामीण स्तरमा स्वास्थ्य, शिक्षा, सरसफाई, वातावरण संरक्षण, आर्थिक विकास तथा मानव अधिकार सम्बन्धि जागरण एवं जनचेतना अभिवृद्धि गराउनका लागि शिक्षा, स्वास्थ्य, जनचेतना तथा सीप विकासका कार्यक्रमहरु संचालन गर्ने उद्देश्यले “स्वास्थ्य तथा वातावरण विकास समाज, नेपाल”नामक संस्थाको स्थापना गर्न यो विधान तयार गरिएको छ ।
परिच्छेद १
१. संक्षिप्त नाम र प्रारम्भ
यस संस्थाको नाम “स्वास्थ्य तथा वातावरण विकास समाज, नेपाल” भनिन्े छ । अंग्रेजीमा यसको नाम “Society for Health and Environment development, Nepal” रहने छ र यसलाई छोटकरीमा SHED, Nepal पनि भन्न सकिने छ । यो विधान जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भएको मितिदेखि लागू हुनेछ ।
२. परिभाषा
क) विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विधानमा ‘विधान’ भन्नाले यस “स्वास्थ्य तथा वातावरण विकास समाज, नेपाल” को विधान भन्ने बुझ्नु पर्दछ ।
ख) ‘समाज’ भन्नाले यस “स्वास्थ्य तथा वातावरण विकास समाज, नेपाल” भन्ने बुझ्नु पर्दछ ।
ग) ‘कार्य समिति’ यस समाजको कार्य समिति भन्ने सम्झनु पर्दछ ।
घ) ‘सदस्य’ भन्नाले विधान बमोजिम सदस्यता प्राप्त व्यतिmलाई बुझाउने छ ।
३) समुदायको छाप
गोलाकार छापमा माथि नाम तल ठेगाना र बीचमा स्थापना मिति लेखिएको हुनेछ ।
४) समाजको कार्यालय
समाजको कार्यालय बछ्यौली गा.वि.स. वार्ड नंं. ४, पडरिया, चितवनमा रहने छ ।

परिच्छेद २
उद्देश्य
५) समाजको उद्देश्य तपशील बमोजिम हुनेछ ः
क) मुनाफा रहित जनहितकारी संस्था हुनेछ ।
ख) स्वास्थ्य तथा वातावरण विकासका लागि समूह तथा उप–समूह निर्माण गरी सोको अन्तर सम्बन्ध बारे चेतनामूलक कार्यक्रम संचालन गर्ने ।
ग) रोजगारमूलक कार्यक्रम संचालन गर्ने ।
घ)ग्रामीण स्तरमा वातावरण,स्वास्थ्य, सरसफाई, शिक्षा एवं मानव अधिकार सम्बन्धमा जनचेतना जगाई समाजिक विकासमा टेवा पुर्याउने ।
ङ) विग्रदो पर्यावरणीय समस्याहरुलाई निराकरण गर्ने र वातावरण संरक्षण गर्न जनस्तरबाट विविध कार्यक्रम संचालन गर्न पहल गर्ने ।
च) विभिन्न ग्रामीण क्षेत्रहरुमा स्वास्थ्य तथा वातावरण विकास निर्माणका कार्यहरु गर्ने ।
छ)ग्रामीण क्षेत्रमा आर्थिक दृष्टिले निम्न स्तरका परिवारलाई र रोजगारमूलक कार्यक्रम संचालन गर्न पूर्वाधार तयार गर्ने ।
ज) विश्वमा महामारीको रुपमा फैलदै गएको एच.आई.भी. एड्स तथा विभिन्न संक्रामक रोग विरुद्धको कार्यक्रम अभियानको रुपमा संचालन गर्न सहयोग पुर्याउने ।
झ) अन्य विविध किसिमका चेतनामूलक, सीपमूलक र अत्यावश्यक कार्यहरु गर्ने ।

परिच्छेद ३
६) सदस्यताको योग्यता ः
क) १६ वर्ष पुगेको नेपाली नागरिक हुनु पर्ने छ ।
ख) मानसिक अवस्था संन्तुलनमा भएको ।
ग) अभियोग नलागेको ।
घ) यस समाजको विधानलाई निःशर्त पालना गर्ने ।
७) सदस्यताको प्रकार
सदस्यता साधारण र आजीवन गरी दुई प्रकारको हुने छ ।
८) सदस्यता शुल्कः र सदस्यता प्रदान गर्ने विधिः
साधारण सदस्यः यस्ता सदस्यहरुले चुन्ने र चुनिने लगायतका सम्पूर्ण अधिकार पाउने र वार्षिक रु. ५०। सदस्यता शुल्क तिरी कार्य समिति समक्ष लिखित निवेदन गर्ने छ र सो उपर आवश्यक छानविन गरि दुई जना सदस्यले सिफारिश गरेको भएमा कार्य समितिले सदस्यता प्रदान गर्न सक्नेछ ।
आजीवन सदस्यः यस संस्थामा कम्तिमा एकमुष्ठ रु. ५०१। सदस्यता शुल्कःतिर्न मन्जुर गरी आजीवन सदस्य बन्न २ जना कार्य समितिको् सदस्यको सिफारिस सहित कार्य समिति समक्ष निवेदन दिएमा सो निवे्दन उपर छलफल गरी आजीवन सदस्यता दिन सक्नेछ ।
९) सदस्यताको अयोग्यता
क) सदस्यताबाट राजिनामा दिएको आवेदन स्वीकृत भएमा
ख) सदस्यता नविकरण नगराएमा
ग) मानसिक सन्तुलन विग्रिएमा
घ) विधान विपरित कार्य गरेमा
ङ) नैतिक पतन देखिने फौजदारी अभियोगको सजाए पाएमा ।

परिच्छेद ४
साधारण सभा तथा कार्य समिति
१०. साधारण सभा गठन विधिः
क) समाजका सम्पूर्ण साधारण तथा आजीवन सदस्यहरु साधारण सभाको सदस्य
हुनेछन् र यो नै समाजको सर्वोच्च अङ्ग हुनेछ ।
११. साधारण सभाको अधिवेशनः
साधारण सभाको अधिवेशन वर्षको एक पटक बस्ने छ । तर साधारण सभामा सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यको लिखित अनुरोध कार्य समितिको अध्यक्ष्य समक्ष गरेमा १५ दिनको सूचना दिई साधारण सभाको अधिवेशन डाक्नु पर्नेछ । सम्पूर्ण सदस्यको एकाउन्न प्रतिशतको उपस्थिती भएमा कोरम पुगेको मानिने छ ।
१२. साधारण सभाको काम, कर्तव्य र अधिकार ः
क) समाजले विगतमा गरेको कामको मूल्यांकन र कार्य समितिबाट प्रस्तुत प्रतिवेदन तथा आय व्यय विवरण अनुमोदन गर्ने ।
ख) आवश्यकता अनुसार सल्लाहकार समिति गठन गर्ने ।
ग) आगामी वर्षको लागि कार्यक्रम र योजना तय गर्ने ।
घ) आगामी दुई वर्षको लागि समितिको निर्वाचन गर्ने र सो प्रयोजनको लागि बढिमा ३ सदस्यीय निर्वाचन समिति गठन गर्ने ।
ङ) साधारण सदस्य, आजीवन सदस्य र पदाधिकारीहरुले विधान विपरित काम गरेमा निलम्बनतथा निष्काशन गर्ने ।
१३. कार्य समितिको गठन विधिः
साधारण सभाले अध्यक्ष्य १, उपाध्यक्ष्य १, सचिव १, सहसचिव १, कोषाध्यक्ष १ तथा कम्तिमा २ जना र बढिमा ६ जना सदस्यहरुलाई कार्य समितिको रुपमा छान्ने छ र कार्य समितिको गणपूरक संख्या ५१ प्रतिशत हुनु पर्नेछ ।
१४. कार्यसमितिको बैठक ः
कार्य समितिको काम, कर्तव्य र अधिकार ः
क) प्रत्येक वर्षको चौमासिक, अर्धवार्षिक र वार्षिक कार्यक्रम, आयव्यय अनुमानित विवरण तयार पारी सधारण सभामा पेश गर्न पर्नेछ ।
ख) साधारण, आजीवन सदस्य र पदाधिकारीहरुले विधान विपरित काम गरेमा निलम्बन तथा निष्काशन गर्नका लागि साधारण सभामा पेश गर्ने ।
ग) साधारण सभाबाट निर्णय भएका विषयहरु कार्यान्वयन गर्ने ।
घ) समाजको हितको लागि विभिन्न कार्यहरु गर्ने ।

परिच्छेद ५
१६) पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार
क) अध्यक्ष्यः
अ) समाजको काम कारवाहीको रेखदेख गर्ने ।
आ) कार्य समिति र साधारण सभाको सभापतित्व गर्ने ।
इ) समाजका कार्यहरुको निरिक्षण र समन्वय गर्ने ।
ई) कार्य समितिका कुनैपनि पदाधिकारीले लिखित राजिनामा दिएमा स्वीकृत वा अस्वीकृत गर्ने ।
ए) समाजको तर्फबाट विभिन्न राष्टिय तथा अन्तराष्टिय सभा सम्मेलनमा सहभागिता जनाउने ।
ख) उपाध्यक्ष्यः
अ) अध्यक्ष्यको अनुपस्थितीमा अध्यक्ष्यको सम्पूर्ण कार्य गर्ने ।
आ) अध्यक्ष्यलाई आवश्यक सहयोग गर्ने ।
ग) सचिवः
अ) अध्यक्ष्यको परामर्श लिई कार्य समितिको बैठक बोलाउने ।
आ) कार्यालय सम्बन्धी सम्पूर्ण जिम्मेवारी बहन गर्ने ।
इ) चौमासिक, अधवार्षिक र वार्षिक प्रतिवेदन तयार गरी कार्य समितिको बैठक र साधारण सभामा पेश गर्ने ।
घ) सह–सचिव ः
अ) सचिवको अनुपस्थितीमा सचिवको सम्पूर्ण कार्य गर्ने ।
आ) सचिवलाई आवश्यक सहयोग गर्ने ।
ङ) कोषाध्यक्ष ः
अ) समाजको आय–व्यय प्रतिवेदन तयार गर्ने ।
आ) सदस्यता शुल्कः र अन्य रकमहरु बुझ्ने ।
इ) आय–व्ययको अनुमानित विवरण तयार पारी कार्य समितिको बैठक र साधारण सभामा पेश गर्ने ।
ई) आय – व्यय सम्बन्धी सम्पूर्ण जिम्मेवारी वहन गर्ने ।

परिच्छेद ६
आर्थिक व्यवस्था
१७) आर्थिक व्यवस्था
क) सदस्यता शुल्कः
ख) विभिन्न कार्यक्रमहरु मार्फत आर्जित र पुरस्कारको रकम
ग) अनुदान
घ) समाजले कुनै व्यतिm, संस्थाबाट लिएको ऋण रकम
ङ) विदेशी संघ संस्था वा व्यतिmबाट प्रदान भएको कुनै प्रकारकोे नगदी वा जिन्सी तर कुनैपनि वैदेशिक सहायता लिनु पूर्व नेपाल सरकारको स्वीकृति लिई लिइनेछ ।
१८) चल अचल सम्पत्तिको विवरण ः
क) भविष्यमा स्थिति मजबुत भएको खण्डमा समाजले आफ्नै नाममा जग्गा खरिद गरी भवन निर्माण गरी सम्पूर्ण काम कार्वाही संचालन गर्नेछ ।
ख) समाजको सम्पूर्ण चल अचल सम्पत्ति कार्य समितिको जिम्मामा रहने छ ।
१९) कोष ः
समाजको रकम नजिकको कुनै बैंकमा समाजको नाममा खाता खोलि राखिने छ र सो खाताको संचालन चेक प्रथाद्वारा अध्यक्ष्य, सचिव र कोषाध्यक्षको संयुतm हस्ताक्षरमा हुनेछ ।
२०) लेखा परिक्षण ः
क) समाजको सम्पत्तिको लेखा परीक्षणको लागि कार्य समितिको सिफारिसमा साधारण सभाले मान्यता प्राप्त लेखा परिक्षक नियुतm गर्ने छ ।
ख) समाजको हिसाब किताब र लेखा परीक्षण प्रतिवेदन प्रत्येक वर्ष स्थानीय अधिकारी र समाज कल्याण परिषद समक्ष पेश गरिने छ ।

परिच्छेद ७
विविध
२१) निर्वाचन सम्बन्धी व्यवस्था ः
क) अधिवेशनले २ वर्षको लागि बढिमा १३ जनाको कार्यसमितिको निर्वाचन गर्ने छ तर २ वर्षको समयावधीको कार्य समितिको निर्वाचन भो उतm अधिवेशनमा मात्र हुनेछ ।
ख) निर्वाचन समितिको गठन साधारण सभाले गर्ने छ ।
ग) कार्य समितिमा आवश्यक पदाधिकारीहरुका लागि साधारण सभालेृ सदस्यको रुपमा र सो सदस्यहरु मध्येबाट पद विभाजन हुने गरी निर्वाचन हुने छ ।
घ) कार्य समितिमा निम्न पदहरु हुनेछन ।
अध्यक्ष्य १ जना
उपाध्यक्ष्य १ जना
सचिव १ जना
सह–सचिव १ जना
कोषध्यक्ष १ जना
सदस्यहरु २ जना देखि ८ जना सम्म
२२) उम्मेदवार हुन अयोग्यता
निम्न अवस्थामा सदस्यहरु उम्मेदवार हुन पाउने छैनन् ः–
क) समाजको सम्पत्ति हिनामिना गरेको प्रमाणीत भएमा
ख) सदस्यता समाप्त भएमा
ग) अविश्वासको प्राप्त सदस्यले अविश्वासको प्राप्त गरेको एक वर्ष भित्र
घ) मानसिक सन्तुलन ठीक नभएमा
ङ) निर्वाचन समितिमा रहेको व्यतिmले उम्मेदवारी दिन पाउने छैन ।
२३) अविश्वासको प्रस्ताव
कार्य समितिको कुनै पदाधिकारीले समाजको हित विपरित काम गरेको भन्ने साधारण, आजीवन सदस्यलाई महशुस भई एक चौथाई सदस्यहरुले हस्ताक्षर गरी कार्य समितिमा पेश गरेमा कार्य समितिले १५ दिन भित्र विशेष साधारण सभा बोलाई अविश्वासको प्रस्ताव प्रस्तुत गर्न सक्ने छ तर अविश्वासको प्रस्ताव पारित गर्दा संस्थाको संपूर्ण मताधिकार प्राप्त सदस्यको २÷३ ले पारित गर्नु पर्नेछ र आरोपीतलाई सफाईको मौका प्रदान गरिने छ ।
२४) विधान संशोधन ः
समाजको विधान संशोधन गर्न आवश्यक पर्न आएमा सो कुरा साधारण सभामा पेश गरी सो सभाको संपूर्ण मताधिकारप्राप्त सदस्यहरुको २÷३ वहुमतले पारित गरेमा स्थानीय अधिकारीको स्वीकृति पश्चात सम्बन्धित विधान लागू गरिने छ ।
२५) नियम बनाउने
यस विधानसँग नबाझिने गरी कार्य समितिले उपनियम बनाउन सक्ने छ ।
२६) नियम खारेज
यस विधानमा उल्लेखित कुराहरु प्रचलित ऐन कानुन विपरित भएमा बाझिएको हदसम्म स्वतः निष्कृय हुने छ ।
२७) समाजको विघटन
समाजको विधान बमोजिम कार्य संचालन गर्न नसकी वा अन्य कुनै कारणका समुदाय विघटन भएमा समाजको सम्पूर्ण जायजेथा नेपाल सरकारमा सर्ने छ ।

परिच्छेद ८
विविध
२८) यस विधान हुनु भन्दा अगाडि या समाजको स्थापनामा सरिक हुने पदाधिकारीहरुलाई संस्थापक भन्न सकिने छ ।
२९) समाजको कार्यसमितिका संस्थापक पदधिकारीहरु
हमी स्वास्थ्य तथा वातावरण विकास समाजको कार्यसमितिका संस्थापक पदाधिकारीहरु तथा सदस्यहरु यस विधान बमोजिम कार्य गर्न मञ्जुर भै निम्न साछीको रेहबरमा विधानमा सही छाप गर्दछौ ।
संस्थापकको नाम, थर र ठेगाना साक्षीको नाम, थर र ठेगाना
अध्यक्ष्य लक्ष्मी कुमारी कोईराला बोधराज पोखरेल
र.न.पा.(१, बेल्सी बछ्यौली(४, पडरिया
उपाध्यक्ष मधुकर रेग्मी बालाकृष्ण कोईराला
घ्याल्चोक ५, गोरखा र.न.पा.(३, बेल्सी
सचिव राजेन्द्र कुमार कोईराला शालीग्राम ढकाल
र.न.पा.(१, बेल्सी गोरखकाली गा वि.स.७, गोरखा
सह–सचिव सुरेश रेग्मी सुदर्शन पोखरेल
बछ्यौली(९, झुवानी बछ्यौली(४, पडरिया
कोषाध्यक्ष वासुदेव मरहठ्ठा सविन रेग्मी
जुटपानी ३ बछ्यौली(९, झुवानी
सदस्य डाक्टर राउत सहोदर महतो
र.न.पा.(३, चितवन बछ्यौली(४, पडरिया
सदस्य प्रतिमा अधिकारी सुनिता अर्याल
बछ्यौली(९, झुवानी जुटपानी ६
सदस्य शान्ति लामिछाने शुष्मा अधिकारी बघौडा ३, बसन्तपुर बछ्यौली(९, झुवानी
सदस्य आशाराम महतो अर्जुन महतो
बछ्यौली(४, पडरिया बछ्यौली(४, पडरिया

‘समाप्त’
No comments:
Post a Comment